सुपरस्टार सलमान खान र दीपिकाको जोडी बाँधिने हल्लाले तात्यो बलिउड , यस्तो छ तयारी


 


काठमाडौं – बलिउडमा निकै चर्चामा आइरहने निर्देशक हुन् सञ्जयलीला भन्साली । अहिले भारतीय मिडियाहरुमा उनी २० वर्षपछि अभिनेता सलमान खानसँग पुन टिमअप गर्न लागेको विषयलाई लिएर निकै चर्चा चलिरहेको छ ।भारतीय मिडियाहरुका अनुसार यस विषयमा भन्सालीले औपचारिक रुपमा केही नबताए पनि सलमानको हिरोइन दीपिका पादुकोण हुने चर्चाले बलिउड निकै तातेको छ।

सन् १९९९ मा सञ्जयलीला भन्सालीको’हम दिल दे चुके सनम’मा काम गरेका सलमानले रोमान्टिकमा पनि माक गरेन सक्छन् । सञ्जयलीला भन्सालीको’हम दिल दे चुके सनम’मा सलमान खान र एश्वर्या राय बच्चन एकसाथ देखिएका थिए, यो चलचित्रले बलिउड बक्सअफिसमा कमालको ब्यापार गरेर सुपरहिट साबित भएको थियो ।२० वर्षपछि सञ्जय र सलमानको एक रोमान्टिक लभस्टोरी चलचित्रका लागि टिमअप हुदैछ । चाँडै छायांकन सुरु हुने बताइएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्