एक रूपैयाँमा स्मार्टफोन !


 


चीनिया स्मार्टफोन कम्पनी मेइजुले नयाँ स्मार्टफोन एम २ को प्रोमोशनल कन्टेष्ट एम २ फर १ अनुसार भाग्यशाली विजेतालाई १ रूपैयाँमा दिने भएको छ । करिब ११ हजार ९ सय पर्ने उक्त मोबाइल फोनमा राम्रो सुविधा दिइएको छ । यसका लागि कम्पनीका सामाजिक मिडिया ह्याण्डलमा १५ देखी २१ डिसेम्बरसम्म यो कन्टेष्ट चल्नेछ ।

यस कन्टेष्टमा भाग लिनका लागि प्रयोगकर्ताले कम्पनीको लोगो बनाएर कम्पनीको सामाजिक सञ्जाल ह्याण्डलोमा ह्यासट्यागका साथ पोष्ट गर्नुपर्नेछ । यो फोन आईफोन ५सी जस्तो पोलिकार्बोनेट बाट बनेको छ, जुन विभिन्न रंगमा उपलब्ध रहेको छ ।

यसमा सेतो, निलो, खैरौ, पिंक रंग समावेश छन् । यस फोनको छेऊमा म्याग्नेसियम अलाय फ्रम पनि प्रयोग गरिएको छ । १.३ जिगाहर्ज मिडियाटेक क्वाडकोर प्रोसेसर र २ जिबी र्‍याम रहेको यो फोनमा १६ जिबीको इन्टरनल मेमोरी रहेको छ र यसलाई माइक्रो एसडी कार्डबाट १२८ जिबी सम्म बढाउन सकिन्छ ।

यो फोनमा ड्युल सिम सपोर्ट गर्छ भने एण्ड्रोइड ५.१ ललीपप प्रयोग गरिएको छ । साथै यसमा फोटो खिच्नका लागि १३ मेगापिक्सेलको रेयर र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

प्रकाशित मिति: १९ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्