नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई


 


झापा, फागुन २३
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ ।

नेपाल मानव धर्म सेवा समितिद्वारा झापाको मेचीनगरमा आज शुरु भएको विराट सत्सङ्ग समारोहको उद्घाटन अवसरमा उहाँले नेपाली जनमत एक ढिक्का भएका कारण मुलुकको सार्वभौमसत्ता, अखण्डता र धार्मिक सद्भाव जोगिएको बताउनुभयो ।

विश्व जनमत शान्ति र मानव एकताको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो नेपाल शान्ति र एकताको पक्षमा छ। नेपाल तीब्र गतिमा बदलिरहेको छ, उहाँले भन्नुभयो, ‘दुनियाँ समयको गतिसँगै सबै प्रकारका हिंसा, अशान्ति, द्वन्द्वहरूको विपक्षमा उभिएको छ । ‘हामी नेपाली जहिल्यै शान्ति र मानव एकताको पक्षमा छौं ।

सिंगो नेपाल जनमत शान्ति र मानव एकताको पक्षमा एकढिक्का उभिएको छ । त्यसैले नेपाल छुट्टै अस्तित्व, पहिचान, स्वाभिमानका साथ शिर ठाडो पारेर उभिएको मुख्यमन्त्री राईको भनाई थियो ।

१ सय २५ जातजाति कसरी मिलेर बसेका छन् ? विभिन्न संस्कार र संस्कृति मान्ने नेपाली कसरी मिलेर बसेका छन् ? नेपालीबीचको सद्भाव, विश्वास र सम्मान केमा अडेको छ, केमा टिकेको छ ? लगायतका प्रश्न विश्वभर चासोको विषय बनेका छन्, मुख्यमन्त्री राईले भन्नुभयो ।

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्