नेपाली गीतमा चिनियाँ राजदुत यान्छी छमछमी नाचेपछि. (भिडियोसहित)


 


काठमाडौं, फागुन २५

शुक्रबार १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस धुमधामका साथ मनाइरहदा राजधानीमा चिनियाँ दूतावासले पनि एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अतिथीहरु प्राय सबै महिला नै बोलाइएको थियो ।

प्रथम महिला राधिका शाक्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगर, कांग्रेस नेतृ आरजु राणा लगायतलाई बोलाइएको थियो । कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु भईरहेका थिए । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सुरुमा फर्मल ड्रेसमा सबैको स्वागतका लागि उपस्थित हुनु भएको थियो ।

तर, उहा त्यसपछि एकैछिनमा हराउनु भयो । केही समयपछि उहा पुन मञ्चमा देखिनु भयो । तर बेग्लै ड्रेसमा, रातो रंगको लेहेङगामा उहा स्टेजमा देखिनुभयो । सबैले सोचे उहाले कुनै चिनियाँ गितमा प्रस्तुती दिनलाग्नु भएको होला । तर, सबैले सोच्न नभ्याउदै उद्घोषकले पनि सरप्राइज रहेको बताए । त्यत्तिकै गित घन्कियो, ‘चरी जस्तै उड्न पाए गगनको तलतिर, उडि जान्थे धेरै टाढा मायालुको गाँउतिर…’

उपस्थित सबै मोवाइलको क्यामेरा लिएर दृश्य खिच्न थाले । करिव साढे तीन मिनेट जति उहा सो गितमा दुतावासकै चिनिया कर्मचारीसग मिलेर सामुहिक नृत्यु गर्नुभयो । नृत्य सकेपछि सबैले उठेर ताली बजाए । त्यसपछि राजदूत यान्छीसग सबैले सेल्फी लिएका थिए ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्