नेकपाले दुई तिहाइ मात्र हैन, ८० प्रतिशत मत ल्याउँछ : प्रचण्ड


 


रौतहट- पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ मात्र नभई ८० प्रतिश मत ल्याउने बताएका छन्।

शनिबार रौतहटमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर-२ले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘मधेसी जनता हाम्रा सम्पत्ति हुन्। अब हामीलाई तराई/मधेशमा चार वर्षसम्‍म कसैले हराउन सक्‍दैन,’ उनले भने, ‘नेकपाले दुई तिहाई मात्रै हैन ८० प्रतिशत मत ल्याउँछ।’ उनले यसको लागि पार्टीले विकास र समृद्धिका लागि विशेष प्‍याकेजको व्‍यवस्था ल्‍याउने समेत बताए।

‘अब विकास र समृद्धिका लागि नेकपाले विशेष प्याकेज ल्याउँछ। ठूल्ठूला परियोजना यहाँ आउछन्,’ उनले भने।

प्रधानमन्त्री ओलीको पहलमा सिके राउतसँग राजनीतिक सम्झौता गरेर शान्ति प्रक्रियामा सामेल गराएको दाबी उनको थियो।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्