‘सारेगमप’ मा प्रितमले फेरी दिए अर्काे धमाकेदार प्रस्तुती , भारतीय भए मन्त्रमुग्ध (भिडियो सहित)


 


काठमान्डौ , भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकहरुले चर्चा कमाईरहेका छन् । जिटिभीबाट प्रसारण हुँदै आएको उक्त शोमा आज इटहरीका बालक प्रितम आचार्यले जबरजस्त प्रस्तुती दिएका छन् । कश्मिरको पुलवामा भएको आतंककारी हमलापछि भारतीय सैनिकहरुको सम्मानमा आज प्रसारण भएको कार्यक्रममा प्रितमले “रंग दे बसन्ती” फिल्मको टाईटल गीत गाएका थिए । उक्त गीत पनि देशभक्तपुर्ण गीत रहेको थियो । एक पछि अर्काे गर्दे धमा केदार प्रस्तुती दिएका प्रितमको आज को गायनमा पनि जुरीहरुले सय प्रतिशत नम्बर दिए ।

प्रितमको आजको प्रस्तुती पनि चार्टबस्टर पफर्मेन्स रह्यो । जजहरु सान , ऋचा शर्मा र अमाल मलिकले मुक्तकण्ठले प्रशंसा गरे भने कार्यक्रममा अतिथीकोरुपमा उपस्थित भएका गायक तथा संगितकार डब्बु मलिक भने प्रितमको प्रस्तुती देखेर दंगदास भएका थिए प्रितमको गायन देखेर उनी छक्क थिए । उनले पनि मन खोलेर प्रितमको प्रशंसा गरे । प्रितमले अडिसन राउण्डदेखि एक पछि अर्काे गर्दे उत्कृष्ट प्रस्तुती दिँदै आएका छन् ।भारतमा यतिबेला देशभक्तीकै माहोल भईरहेको कारण प्रितमले यसअघि पनि गाएको गीत “सन्देशा आते है” निकै चर्चामा रह्यो ।उनले गाएको सो गीतको प्रशंसा बलिउडका चर्चित नायकहरुले पनि गरेका थिए ।

आजको कार्यक्रममा उनले सोही गीत थोरै दोहो¥याएर गाएका थिए । यस्तो माहोलमा प्रितमले आफनो आवाजबाट सकरात्मक र देशभक्तीपुर्ण सन्देश भारतीय जनताको मन र मस्तिष्कसम्म पु¥याउन सफल भईरहेका छन् । यसरी भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् ।भोली भने सिन्धुपाल्चोकका अर्का बालक आयुष केसीको प्रस्तुती प्रसारण हुनेछ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्