सीके राउतसँगको सहमतिबारे गृहमन्त्रीको यस्तो खुलासा



२६ फागुन – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहमा जाने भन्ने सहमति भएको भन्ने कुरा भ्रामक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सहमतिका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सहमतिमा जनमत संग्रहको कुरै नगरिएको बताए ।

गृहमन्त्री थापाले संविधानले पनि प्रदेशलाई अलग्गै देश बनाउनका लागि जनमत संग्रह गर्ने अधिकार नै नदिएको भन्दै उनले जनमत संग्रहका लागि सरकारले सहमति गरेको भन्ने भ्रम नछर्न आग्रह समेत गरे ।

उनले सीके राउत नेतृत्वको गठबन्धन नेपालको संविधान र सार्वभौमिकता स्वीकार गरेर सहमतिमा आएको उनले दावी गरे ।

सरकारलाई धोका दिन गठबन्धनले सरकारसँग सहमति गरेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले कसैलाई धोका दिनका लागि सहमति नगरिएको बताए ।

‘सराकार र गठबन्धनले एकअर्कालाई धोका दिने भन्ने चर्चा पनि छ’, उनले भने, ‘सरकारलाई धोका दिन खोजे उनीहरु समाप्त हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News