भुलेर पनि दूधसँग नखानुहोस् यी खानेकुरा


 


काठमाडौं / प्रोटिन, क्याल्सिम लगायतका पौष्टिक तत्त्वहरूको लागि दूधलाई उत्कृष्ट मानिन्छ। बच्चादेखि वृद्धसम्मका लागि दूध खानु राम्रो मानिन्छ। तर, कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ। कतिपय खानेकुरा दूधसँगै खाने गर्दा हाम्रो शरीरमा बिषको काम गर्न सक्छ। जसले गर्दा त्यस्ता केही खानेकुरा छन् जो दूधसँग खाने गर्दा बिष बन्छन्।

दही

हुनत दही दूधबाटै बन्ने एक स्वास्थ्य बर्दक खाद्या वस्तु हो। तर, यी दुई खाने कुरा एकैसाथ सेवन गर्नु हुँदैन। दूध र दहीसँगै खाँदा एसिडिटी, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने समस्या देखिने गर्छ। त्यसैले दूध र दहिसँगै खानु राम्रो हुँदैन। यदि खानुनै पर्ने भए पनि दूध खाएको एक घन्टापछि दही खानु राम्रो हुन्छ। तर, पहिला दही खाएरपछि दूध खाने गर्नु राम्रो हुँदैन।

अमिलो फलफूल

प्राय खानासँग दूध खाने र पछि धेरैको फलफूल खाने बानी हुन्छ। तर, दूध खाएपछि कहिल्यै पनि अमिलो फलफूल खानु राम्रो हुँदैन। सुन्तला, कागतीलगायत अमिला फल र दूध एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ। पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना हुन्छ। मासको दाल

मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ। मास र दूधमा पनि प्रोटिन धेरै हुने र मासको दालमा पनि प्रोटिन धेरै हुने हुँदा एउटै प्रोष्टिन धेरै शरीरमा हुँदा शरीरमा विभिन्न समस्या देखा पर्छ। मासको दाल खाएपछि करिब दुई घण्टापछि दूध पिउनु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ।

नुन

नुन वा नुनिला वस्तुमा दूध मिसाएर खानु हुँदैन। यी दुई चिज एकैसाथ लिँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ।

माछामासु दूध पिएलगत्तै माछामासु खाँदा स्वास्थ्यमा हानी पुग्छ। माछामासु र दूधमा पाइने तत्त्वहरूले विपरीत प्रतिक्रियामा दिने भएका तत्काल शरीरमा असर गर्ने र बिरामी बनाउने गर्छ। माछामासु र दूधसँगै खाने गर्नाले कहिलेकाहीँ झाडापखलासमेत हुन् गर्छ। बरू माछामासु खाएपछि दही खानु राम्रो मानिन्छ। जसले प्राचन प्रणालीलाई राम्रो बनाउछ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्