माछापुच्छ्रे बैंकले थप दुईवटा शाखा खोल्यो


 


काठमाडौं, फागुन २७
माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया र टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गर्नुभयो ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको जनाएको छ ।

बैकले सातै प्रदेशमा आफ्ना ९६ वटा शाखाहरु र ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५९ स्थानवाट सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ भने बंैकको देशभर ११९ वटा एटीएमहरु संचालनमा रहेको माछापुच्छ्रे बैंकले जनाएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्