तपाईको दिन शुभ रहोस् – के भन्छ मंगलबारकाे राशिफलमा


 


काठमाडाैं – वि.सं.२०७५ साल फाल्गुन २८ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च १२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि षष्ठि,४७ घडी १६ पला,रातको ०१ बजेर १४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र कृतिका,४८ घडी ३३ पला,रातको ०१ बजेर ४५ मिनेट उप्रान्त रोहिणी । योग वैधृति,१६ घडि ०७ पला,दिउँसो १२ बजेर ४६ मिनेट उप्रान्त विष्कुम्भ । करण कौलव,दिउँसो ०१ बजेर ३३ मिनेट उप्रान्त तैतिल,रातको ०१ बजेर १४ मिनेट उप्रान्त गर । आनन्दादिमा गद योग । चन्द्रराशि मेष,बिहान ०७ बजेर ४१ मिनेट उप्रान्त बृष ।

काठमाडौंमा सूर्योदय ०६ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १० मिनेट । दिनमान २८ घडी ३५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ । नयाँ काम गरि मनग्गे आम्दानि बढाउँन सकिनेछ । व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनालेजोसिलो काम गर्ने जागर आउँनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नया प्रकृतिको व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्टान्न भोजनमा साथ रमाईलो गरि समय कटाउन सकिनेछ । बिहानको समयमा विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनाबस्यक ठाउँमा बल प्रयोग हुँनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुनेछ । बिहान समय राम्रो रहेकोले ईच्छा तथा आकांक्षाहरु पुरा हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाति रहनेछन् । पैत्रिक धन तथा सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने दाजुभाई सँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाई लेखाईमा मन नजाने हुनालेनतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनालेमन दुखि हुनेछ । बिहानको समय राम्रो रहेकोले राजनितिमा पद प्राप्तीको योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिष्पर्धिहरु परास्त हुँनेछन् भने नयाँ काम पाउँने तथा नोकरिमा बुढुवा हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ पछि सम्म आम्दानि भईरहने व्यावसायमा लगानि गरि रोजगारिको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुँने योग रहेकोछ भने अन्य साथिहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ ।

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सुचारु हुँनेछन् भने नयाँ काम गरि मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरि पुरस्कार तथा प्रशङशा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदिबहिनीहरुको सहयोग पाईने हुँदा कामहरु समयमानै सम्पन्न गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानि थोरै हुनेछ भने आज लगानि नगर्नुनै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुँने हुँदा एक्लो पनको महशुष हुनेछ । पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु बिच भनाभन हुँने प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउँने छैन । बिहानको समय राम्रो रहेकोले विवाद तथा प्रतिष्पर्धामा तपाईकै जित निश्चित हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानि गरि आर्थिक स्थिति उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि फेला पार्न सकिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानि गरि आम्दानि बढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रयत्न गर्दा महत्पपुर्ण कामहरु सम्पादन हुनेछन् । पछि सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानि बढ्ने हुदा लगानि गर्ने अवसर जुर्नेछ । माया आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानि बढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउँन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ । मनोबल मजभुत हुँने हुनालेशाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनि गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्