विप्लवमाथि प्रतिबन्ध लगाएर किन विदेश उडे गृहमन्त्री थापा ?


 


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने मंगलबारको मन्त्रीपरिषद् निर्णय लगत्तै गृहमन्त्री रामबहादुर थापा विदेश भ्रमणमा निस्केका छन् ।

गृहमन्त्री मंगलवार राती ९ बजे नै लागूऔषध सम्बन्धी कार्यक्रममा सहभागी हुन अष्ट्रलियाका उडेका छन् ।

स्रोतका अनुसार बैठकमा विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्रालयबाट नै आएको थियो । प्रस्ताव टेवुल गरेलगत्तै गृहमन्त्री थापा बैठकबाट बाहिर निस्केका थिए ।

त्यसपछि बैठकमै प्रधानमन्त्रीले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिएका थिए ।

सरकारले पृथकतावादी सीके राउत समूहसँग ११ बुँदे सहमति गरेको पाचौँ दिन विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।

राउतसँग फागुन २४ गते भएको ११ बुँदे सहमति अहिले पनि विवादमा छ । सहमतिमा जनमत संग्रह स्वीकार गरेको भनेर सरकारको आलोचना भएको छ ।

यसअघि गृहमन्त्री विभिन्न प्रदेशमा पुगेर सुरक्षा रणनीति सम्बन्धी गोष्ठीमा सहभागी भएर काठमाडौं फर्केका थिए । उनी काठमाडौं फर्केलगत्तै विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय आएको हो । रातो पाटीबाट

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्