महिला साफ फुटबल प्रतियोगिताले देशकै गौरव बढेको छ : मुख्यमन्त्री राई


 


विराटनगर, फागुन २८

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुदलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित महिला साफ फुटबल च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले तीन वटै सरकारको प्राथमिकतामा खेलकूद रहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश १ को मात्रै नभई देशकै गौरव बढेको बताउनुभयो ।

उहाँले प्रदेश नं १ लाई खेलकूदको राजधानी बनाउने योजनासाथ अधि बढ्ने योजना रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्