आजको राशिफल (२९ फागुन २०७५ बुधबार, १३ मार्च २०१९)


 


श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत नामक सम्बत्सर शिशिर ऋतु वि.सं. २०७५ फाल्गुण २९ गते तद्अनुसार सन् २०१९ मार्च २८ तारिख बुधबार फाल्गुन शुक्लपक्ष सप्तमी तिथि रोहिणी नक्षत्र विष्कुम्भ योग ११ः५३ पर प्रीति योग गर करण १२ः४९ पर भद्रा करण आनन्दादिमा शुभ योग चन्द्रमा बृष राशिमा काठमाडौंमा सूर्योदय विहान ६ः१८ मा र सूर्यास्त साँझ १८ः१० मा हुनेछ । अशुभ समय राहुकाल १२ः३७ देखि १३ः४३ दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – वार्तामा सफलता मिल्नेछ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्वमा बढोत्तरी होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । साझेदारीसम्बन्धी काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । परिवारजनसित मिलेर पिकनिक पार्टी आदि जाने दिन छ । यात्रामा सफलता प्राप्त होला । धर्मकर्ममा आकर्षण वढ्नेछ । यश ख्याति फैलिने छ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ ।

बृष राशि – खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक जोखिमपूर्ण कार्यप्रति सचेत रहनु उचित होला । खर्च बढ्नेछ । आरोग्यताप्रति ध्यान राख्नुपर्नेछ । आर्थिक कार्यमा सचेत रहनुपर्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । चोटपटकप्रति सतर्क रहनुपर्नेछ ।

मिथुन राशि – आयस्रोत बढ्नेछ । लगानी उठ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा रुचि बढ्ला । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिको साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान–महत्व बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ ।

कर्कट राशि – आरोग्यता बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । भागदौड व्यस्तताको प्रतिफल मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र जोखिममा पर्नु उचित हुनेछैन । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ ।

सिंह राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्ला । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि – समस्याको समाधान मिल्नेछ । शुभता वृद्धि हुनेछ । भ्रमण हुनेछ । विवाद आदिमा नपर्नु उचित रहला । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । आर्थिक पक्ष सबल बन्नुको साथै मान–सम्मान वृद्धि होला । सभासमारोहमा भाग लिनुहुनेछ । यश बर्चश्व र गौरव बढ्ला । सुख सम्पति वृद्धि होला । आफन्तको सहयोग प्राप्त होला । घरपरिवारको वातावरण अनुकुल होला ।

तुला राशि – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा पनि ध्यान दिनुपर्ला । जोखिममा न पर्नु उचित हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदाप्रति ध्यान राख्नुपर्ला ।

वृश्चिक राशि – चन्द्रमा सातौँ स्थानमा भ्रमणशील छ । धन सम्पति बढ्ला । साझेदारीको काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त होला । हासविलासमा रुचि बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु राशि – ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि होला । सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

मकर राशि – ऋण रोग र शत्रुलाई उपेक्षा नगर्नु उचित होला । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्ला । सुख सन्तति बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ । कार्य क्षेत्रमा सफलता हाथ पार्नु हुनेछ, नयाँ दायित्व पनि भेट्नेछ, तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्व बढ्ला । रोकिएको कार्य पनि बन्नेछ । योजना र बजेट बनाई काम गर्नु बेस रहला । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ राशि – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ, तर विवाद र जोखिमप्रति ध्यान राख्नु बेस होला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोत वर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । अरुप्रति बढी विश्वास राख्नु उचित हुनेछैन ।

मीन राशि – यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख आनन्द बढ्ला । मानमहता बढ्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । धन सम्पत्ति बढ्नेछ । यश ख्याति फैलिनुको साथै सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत रहनु उचित हुनेछ । हाकिमको साथ मिल्ला । साथीभाइको साथ मिल्नेछ । यशवर्चश्व बढ्ला ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्