माल्दिभ्समाथि भारत ६–० ले विजयी


 


विराटनगर, फागुन २९

विराटनगरको सहिद रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भारतले माल्दिभ्समाथि सहज जित हासिल गरेको छ ।

आज भएको समूह ‘बी’को खेलमा भारत ६–० ले विजयी भएको हो । भारतले मध्यान्तरअघि ५ तथा मध्यान्तरपछि एक गोल गरेको थियो । अहिलेसम्म भएका संस्करणमा अपराजित भारतको यो २०औं अपराजित खेल हो ।

भारतका लागि सञ्जुले २ गोल गर्दा ग्रेस डाङमी, सन्धिया रंगथनाथ, इन्दुमती काथिरसेन र रतनबाला देवीले एकरएक गोल गरे । हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० गोलको जित दर्ता गरेको थियो । नेपालले चैत २ गते समूहको आफ्नो अन्तिम खेलमा बंगलादेशसित प्रतिस्पर्धा गर्नेछ । भोली हुने खेलमा भुटान र बंगलादेश खेल्नेछन् ।

भुटानले पहिलो खेलमा नेपालसित पराजय व्यहोर्दा बंगलादेशले पहिलो खेल खेल्दैछ । यो खेलमा बंगलादेश विजयी भए नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्