माइभ्याली गोल्ड कप थ्रीस्टालाई हराउँदै हिमालयन शेर्पा सेमीफाइनलमा


 


नरेन इलामेली इलाम –हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौ संस्करणको टुबोर्ग अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफलाइनलमा प्रवेश गरेको छ । बुधबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न क्वाटरफाइनल खेलमा थ्रीस्टा।लाई ३– १ गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लबले सेमीफाइनलको यात्रा तय गरेको हो ।
थ्रीस्टारले सुरुवाती अग्रता लिए पनि टिकाइराख्न भने सकेन । खेलको १४ औँ मिनेटमा थ्रीस्टारका अनिल गुरुङले गोल गर्दै टीमलाई अग्रता दिलाए पनि खेलको १९ औँ मिनेटमा हिमालयन शेर्पा क्लबका विजय श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा पर्याए । खेलको ६८ औँ मिनेटमा हिमालयन शेर्पाका त्रिभूवन गुरुङले गोल गर्दै टीमलाई दोब्बर अग्रता दिलाए ७५ औँ मिनेटमा फरी हिमालयन शेर्पाका सुनिल खँड्काले गोल गर्दै ३– १ गोल अन्तरको सहज जित दर्ता गराए ।

खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पा क्लबका रामसेई घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बिहीबार मेची नेत्रालय झपा र त्रीभूवन आर्मी क्लब विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। पूर्वी पहाडको सबै भन्दा ठूलो धनराशिको सो प्रतियोगितामा नेपालको विभागीय टीमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब सहित थ्रीस्टार क्लब, मेची नेत्रालय झापा, हिमालयन शेर्पा कल्ब काठमाडौं, माइभ्याली फुटबल क्लब भारतको युनाइटेड कल्ब दार्जिलिङ, नेप्लिज फुटबल एकेडेमी हङकङ र दाउफिन्स कल्ब क्यामरुन गरी १० टीमको सहभागीता रहेको‌ छ। माइभ्याली फुटबल क्लब इलामको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल आगामी चैत्र ५ गते हुनेछ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्