साफ महिला फुटवलमा बंगलादेश र भुटान भिड्दै


 


मोरङ, फागुन ३०

विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटवलमा आज बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि आयोजक टिम नेपालसँग फराकिलो गोल अन्तरले पराजित भुटान आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग आमनेसामने हुन लागेको हो ।

भुटान नौ वर्षे साफको इतिहासमा पहिलो जितको खोजीमा हुनेछ र ‘ड्रागन गल्स’को उपमाले परिचित भुटानी टोलीले सन् २०१० यता बंगलादेशसँग तीन पटकको सामना गर्दै तीनै पटक पराजित भएको छ । पहिलो साफअघिको मैत्रीपूर्ण खेलमा ७–० ले पराजित बनेको भुटानी टोली साफको पहिलो संस्करणमा ९–० ले पराजित बन्यो ।

सन् २०१२ को दोस्रो संस्करणमा समेत टोली १–० गोलले पराजित बन्यो । बंगलादेशविरुद्ध भुटानले तीन खेलमा कुल १७ गोल व्यहोरेको छ। साफमा भुटानी टोलीको उत्कृष्ट नतिजाको रुपमा सन् २०१० मा समूह चरणमा श्रीलंकासँग १–१ गोलको बराबरी रहेको छ ।

यता बंगलादेशी टिम साफको गत संस्करणको उपविजेता र दुई संस्करणको सेमिफाइनलिष्ट टिम समेत हो । साफको कुल १५ खेलमा सात जित, एक बराबरी र सात खेलमा पराजित बनेको टोली भुटानविरुद्धको खेलमा स्पष्ट जित निकाल्दै सेमिफाइनल पुग्ने रणनीतिमा हुनेछ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्