सहकारीको नियमन प्रभावकारी हुनुपर्नेमा जोड


 


मिलन के राउत

उर्लाबारी / राष्ट्रिय सहकारी बैंकले फागुन २७, २८ र २९ गते तीन दिने तालिम सञ्चालन गरेको छ । बैंकले शाखा कार्यालय उर्लाबारीमा आवद्ध उर्लाबारी, मिक्लाजुङ र रतुवामाई क्षेत्रका सहकारीका ३५ जना प्रतिनिधि तथा कर्मचारीलाई लेखा व्यवस्थापन प्रशिक्षण दिएको हो । बुधबार तालिम समापन कार्यक्रममा बोल्दै सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष रमेश पोख्रेलले सहकारी संस्थाहरुले गर्ने वित्तीय कारोबारलाई चुस्त दुरुस्त राख्न लेखा व्यवस्थापन तालिम कामयावी हुनुपर्नेमा आशावादी बनेको बताउनुभयो ।

आर्थिक क्षेत्रको रुपान्तरणका लागि सहकारी अनिवार्य आवश्यकता भएको बताउदै उहाँले सहकारी क्षेत्रको नियमित नियमन हुनुपर्नेमा जोड दिनुभयो । यसो हुन सके सहकारीमा विकृति नभित्रिने उहाँको भनाई थियो । ‘अब सहकारीले अर्थतन्त्रमा लिड गर्न सक्नुपर्छ’ उहाँले भन्नुभयो, तीन खम्बे नीतिमा सहकारी सबल खम्बा हुन सके मात्र आर्थिक विकास सम्भव हुन्छ । पोख्रेलले सहकारी सामाजिक व्यवसाय भएको र यसले सिंगो समाजलाई एकताबद्ध बनाएर उद्यम व्यवसाय प्रवद्र्धन मार्फत नैतिकवान र आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका केन्द्रीय कोषाध्यक्ष केशव पोख्रेलले सहकारी क्षेत्रमा अझै धैरै कामहरु गर्न बाँकी रहेको बताउदै विधि र प्रविधिको २१ औँ सताब्दीमा शेयर सदस्यहरुको चाहाना अपेक्षालार्ई समेट्दै सोही बमोजिम गुणस्तर बृद्धिका लागि विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कुनै दिन चारखाता भरेर ऋण लिनेदिने गरे पुग्ने सहकारी संस्थाहरुको भुमीकामा परिवर्तन गरी अहिले एकै ठाउँवाट वित्तीय र गैरवित्तीय सेवाहरु प्रवाह गर्नुपर्ने अवस्था सिर्जना भएको र यी र यस्तै विषयमा ज्ञान सिप र चेतना बढाउनु पर्ने कठिन र गहनतम जिम्मेवारी नेपालका सहकारी संस्थाहरु सामु रहेको धारणा पोख्रेलको थियो ।

डिभिजन सहकारी मोरङका पूर्व प्रमुख हरिबहादुर खत्रीले तालिमबाट अधिकतम सिप आर्जन गरी सिकेको सिपको प्रयोगले प्रशिक्षार्थीहरुले आफ्नो व्यक्तिगत तथा संस्थागत विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने तथा उक्त तालिम कार्यक्रम आयोजना गरी सहजिकरण गर्ने अवसर प्रदान गरि दिएकोमा राष्ट्रिय सहकारी बैंक लाई धन्यवाद ज्ञापन गर्नुभयो ।

खत्रीले सहभागीहरु लाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेफ्स्कुनका सञ्चालक गोमा नेपाल, सहकारी कर्मचारी संगठन उर्लाबारी इलाका अध्यक्ष चक्र खड्का सहकारी बैंकका १ नम्बर प्रदेश कार्यालय प्रमुख प्रभु पोख्रेलले लगाएतले यस्ता तालिमबाट आर्थिक क्रियमकलाप वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने अपेक्षा राखेका थिए । बैंकका कर्मचारी मुना केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्