राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


 


काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर स्वदेश फर्किनु भएको छ ।

उहाँ कतार एयरलाइन्सबाट केहीबर अघि त्रिभुवन विमानस्थल आइपुग्नु भएको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदाय लगायतसँग भेटघाट गर्नुभएको थियो ।

अधिवेशनमा भाग लिन उहाँ गएको सोमबार अमेरिका जानुभएको थियो ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्