स्कुलबाट घर फर्कंदै गरेकी बालिकालाई जंगलमा सामूहिक बलात्कृत


 


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका सामूहिक बलात्कृत भएकी छन्। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गतआइतबार स्कुलबाट घर जाँदै गरेकी बालिकालाई वीरेन्द्रनगर–९ का १९ वर्षीय प्रमेश रावत र २० वर्षीय सागर चौधरीले बाटोबाटै अपहरण गरी कांक्रेविहार जंगल पुर्याएर बलात्कार गरेका हुन्। बलात्कारमा संलग्नमध्ये रावतलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। चौधरी भने फरार छन्।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्