न्युजिल्याण्डमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना


 


काठमाण्डौ । नेपाल सरकारले न्युजिल्याण्डको क्राइष्टचर्चको मस्जिदमा भएको आतंककारी हमलाको भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ४९ जनाको ज्यान जाने गरी भएको हमलालाई आतंकवादको औचित्यहीन गतिविधिको संज्ञा दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दर्जनौँ मारिने गरी न्युजिल्याण्डको क्राइष्टचर्चमा रहेका मस्जिदहरुमा भएको गोलीकाण्डबाट हामी स्तब्ध भएका छौँ । नेपाल सरकार यो आतंकवादको औचित्यहीन गतिविधिको घोर भर्त्सना गर्दछ ।’

विज्ञप्तिमा न्युजिल्याण्डका जनता, सरकार तथा पीडितका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्