राष्ट्रपति भण्डारी हिड्ने रेड कार्पेटमा सर्प आएपछि ….


 


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किने कार्यक्रम थियो । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो ।

भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्दै थिइन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत विमान अवतरण हुनु अगावै विमानस्थलतर्फ जाँदै थिए ।

स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम जारी नै थियो, ठिक त्यति नै वेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा पर्‍यो ।

त्यो देखेर त्यहाँ उपस्थित व्यक्तिहरु मुखामुख गदै सर्पले देखाएको रमितामा रमाउन थाले । कतिपयले क्यामरा र मोबाइल निकालेर त्यो दृश्य कैद गर्न थाले ।

केहीवेरमा सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीको त्यहीँ स्वागत भयो । साभार : अनलाईन खबरबाट

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्