८ महिनामा विदेशबाट आयो ५२४ नेपालीको शव


 


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ५२४ नेपालीको शव नेपाल भित्रिएको छ । यसमध्ये ५०८ जना पुरुष र १६ जना महिलाका थिए ।

वैदेशिक रोजगार बोर्डका सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार मृतक कामदारका परिवारलाई गत साउनदेखि माघसम्ममा मात्रै ३४ करोड २५ लाख क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ ।

सरकारले यो बीचमा विदेशमा अलपत्र कामदारको ५७ वटा शव आफ्नै खर्चमा झिकाएको छ । जसका लागि ६९ लाख ४९ हजार खर्च भएको श्रेष्ठले जानकारी दिए । यसैगरी मृतक कामदारको शव ढुवानीमा १० लाख खर्च भएको छ ।

विदेशमा काम गर्दागर्दै अंगभंग र बिरामी भएका २०१ कामदारलाई पनि क्षतिपूर्ति दिइएको छ । यसमा ४ करोड ३८ लाख रुपैयाँ बोर्डले खर्चेको छ । अलपत्र कामदारको उद्दार खोजतलासका लागि २५ लाख खर्च भएको श्रेष्ठले जानकारी दिए । कामदारको बिरामी भएका १७ आफन्त तथा परिवार ८ लाख बराबरको सहयोग गरिएको छ ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्