ज्योतिष शास्त्रीले भने : राष्ट्रपति फर्किने रेड कार्पेटमा सर्पले बाटो काट्नु अशुभको संकेत


 


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी न्यूयोर्क भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनको स्वागतका लागि ओछ्याइएको ‘रेड कार्पेट’मा एकाएक सर्प देखियो ।

उनको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा उच्चपदस्थ अधिकारीको सहभागी रहेको बाक्लो भीडमै सर्प देखिएपछि यसलाई लिएर विभिन्न तर्कहरु गर्न थालिएका छन् ।

यस्तो भीडमा सर्प देखिनु सुरक्षाका दृष्टिले पनि संवेदनशील हो । त्यसमा पनि अति विशिष्टलाई स्वागत गर्ने स्थानमा सर्प कसरी आइपुग्यो भन्नेबारे चर्चा चलिरहेको छ ।

यसरी सर्प देखिनुलाई ज्योतिष शास्त्रीय दृष्टिकोणले त झन अशुभ मानिन्छ । ज्योतिषीहरु भन्छन्– ‘कुनैपनि शुभ कार्यमा न्याउरी मुसा, बिरालो, सर्पले बाटो काट्दा अशुभ हुन्छ । यो खतराको संकेत हो ।’

ज्यतिषी प. ओजराज लोहनी ‘उपाध्याय’ले भने ‘राष्ट्रपति फर्किंदा सर्प देखिनु अत्यन्तै अशुभ र अस्वभाविक पनि हो, यसले राष्ट्रलाई नै खतराको संकेत गरेको छ ।’

‘ज्योतिष शास्त्र अनुसार सर्पले बाटो काटेमा त्यसभन्दा अगाडि नबढ्नु भन्ने हुन्छ, अर्थात केही पूजाविधि पूरा गरी मात्र अगाडि बढ्नुपर्छ ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्