मेची नेत्रालय झापा माइभ्याली गोल्डकपको सेमीफाइनलमा


 


नरेन इलामेली इलाम – मेची नेत्रालय झापा इलाममा जारी पाँचौ संस्करणको टुबोर्ग अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफलाइनलमा प्रवेश गरेको छ । शुक्रबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा त्रिभूवन आर्मी क्लबलाइ ट्राइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै मेची नेत्रालय झापा सेमीफाइनलमा पुगेकोे हो ।
खेलको ५७ औँ मिनेटमा त्रिभूवन आर्मी क्लबका दिपेन्द्र कार्कीले गोल गर्दै टीमलाई अग्रता दिलाए पनि ८५ औँ मिनेटमा मेची नेत्रालय झापाकाविकास राईले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।निर्धारित समयमा १ – १ गोलको बराबरी भएपछि खेल अतिरक्त समयमा धकेलिएको थियो । अतिरक्त समयमा कुनै टीमबाट पनि गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो ।
ट्राइब्रेकरमा मेची नेत्रालय झापाका विक्रम लिम्बू, योगेश गुरुङ विशाल राई मिलन राईले गोल गर्दा त्रिभूवन आर्मीका लागि भनेर रुपेश क्षेत्री, विकास तामाङ रदीपकुमार लामाले गोल गरे । यससँगै ४– ३ को नतिजा बेहोर्दै त्रिभूवन आर्मी क्लब घर फर्किन बाध्य भएको छ ।

खेलको म्यान अफ दी म्याच मेची नेत्रालय झापाका दिनेश थापा घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो सेमीफाइनलमा नेपाल पुलिस क्लब र क्यामरुनको दाउफिन्स क्लब विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। पूर्वी पहाडको सबै भन्दा ठूलो धनराशिको सो प्रतियोगितामा नेपालको विभागीय टीमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब सहित थ्रीस्टार क्लब, मेची नेत्रालय झापा, हिमालयन शेर्पा कल्ब काठमाडौं, माइभ्याली फुटबल क्लब भारतको युनाइटेड कल्ब दार्जिलिङ, नेप्लिज फुटबल एकेडेमी हङकङ र दाउफिन्स कल्ब क्यामरुन गरी १० टीमको सहभागीता रहेको‌ छ। माइभ्याली फुटबल क्लब इलामको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल आगामी चैत्र ५ गते हुनेछ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्