साफ महिला फुटवलमा आज नेपाल र बंगलादेश भिड्दै


 


विराटनगर, चैत २

पाँचौं महिला साफ च्याम्पियनसिपको लिग चरणमा आज आयोजक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोली सेमिफाइनल पुगिसकेका छन्।

त्यसका बाबजुद यो खेल निकै महत्वपूर्ण रहेको छ। कारण महिला साफको सबैभन्दा सफल टोली भारतलाई सेमिफाइनलमा नभेट्नु नेपाल र बंगलादेश दुवैको लक्ष्य हुनेछ। सेमिफाइनलमा भारतलाई सामना नगर्न नेपाल र बंगलादेश दुबै समूह विजेता बन्‍ने लक्ष्यमा हुनेछन्।

समूह चरणका अघिल्ला दुई खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएका थिए । दुबैले भुटानलाई हराउँदा खाली गोल अन्तर मात्र फरक रह्यो। नेपालले पहिलो खेलमा भुटानलाई ३ -० ले र बंगलादेशले २-० ले हराएको थियो। नेपाल र बंगलादेश शनिबार दिउँसो ३स्०० बजे एकअर्काविरुद्ध उत्रँदा निश्चित जितका साथ उत्रनेछन्।

शनिबार हुने खेलको नतिजाले समूह ए को विजेताको टुंगो लाग्‍ने छ। समूह ए को विजेताले समूह बी को उपविजेताको सेमिफाइनलमा सामना गर्नेछ। आइतबार श्रीलंकाविरुद्धको खेलमा भारत विजयी हुने अनुमानका आधारमा पनि नेपाल र बंगलादेश दुवै समूहको विजेता बन्‍ने लक्ष्यमा हुनेछन्।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्