चार लाखमा गाडी किन्ने हो ? राष्ट्र बैंकले निकाल्यो यी मोडलका गाडीको लिलामी


 


काठमाडौं, यदि तपाई सेकेन्ड ह्यान्डमा गाडी खरिद गर्न चाहनु हुन्छ भने खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले १२ वटा पुराना गाडी लिलाम बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका किया, हुन्डाई र सेभ्रोलेट ब्रान्डका गाडी लिलाम बिक्री गर्ने भएको हो । लिलाम बिक्रीका लागि सूचना प्रकाशित गर्दै बैंकले २००१ देखि २०१९ सम्म बनेका गाडीहरु बिक्री गर्न लागेको जनाएको छ ।

२००१ मा बनेको किया जिपको न्यूनतम लिलामी मूल्य ४ लाख २४ हजार रुपैयाँ राखिएको छ भने २००६ मा बनेको हुन्डाई गेजको न्यूनतम मूल्य ५ लाख ७८ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले नौ वटा सेभ्रोले स्पार्क लिलाम बिक्री गर्ने भएको छ । जसमा उत्पादन मिति २००८ र ०९ भएका गाडीहरु छन् । जसको न्यूनतम मूल्य ४ लाख ७४ हजारदेखि ६ लाख १२ हजार रुपैयाँसम्म रहेको छ । लिलामीमा सबैभन्दा कम मूल्य ४ लाख ७ हजार रुपैयाँको सेभ्रोले स्पार्क रहेको छ ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्