अज्ञात समुहद्धारा वडा अध्यक्षको मोटरसाइकलमा आगजनी


 


डडेल्धुरा । कार्यालयको नाममा खरिद गरिएको डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका– ४ का वडा अध्यक्ष पदम विष्टको मोटरसाइकलमा आगजनी भएको छ ।

अज्ञात समूहले बिहीबार राति करिब १२ बजेतिर उहाँको मोटरसाइकलमा आगजनी गरेको हो । से ७ प ३६९० घरमै पार्किङ गरिएको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्