शरीरमा पर्याप्त पानी छ, छैन् यसरी थाहा पाउनुहोस्


 


हाम्रो जीवन एउटै कुरामा अडिएको छ त्यो हो पानी । हाम्रो शरीरको तापक्रमलाई नियन्त्रण गर्न, शरीरमा रहेका विभिन्न किसिमका विषाक्त पदार्थलाई हटाउने काम पानीले गर्दछ । हामीले हाम्रो शरीरलाई चाहिने भन्दा कम पानी पिउनाले विभिन्न किसिमको समस्या देखापर्दछ जस्तै : शरीरमा उर्जाशक्तिको कमी हुने, कामप्रति जोसजागर नआउने, पाचनप्रक्रियामा समस्यादेखापार्ने, कोलेस्ट्रोलको मात्रा बढाउने, कब्जियत लगायतका अन्य समस्या ।

हामीले पिउने चिया, कफि, जुसलाई पानीको रुपमा लिन सकिदैन् । धेरैले पानीको सट्टा यस्ता तरलपदार्थ सेवन गर्ने गर्दछ । यस्तो पदार्थमा केफिन पाइन्छ, केफिनले हाम्रो शरीरलाई सुख्खा बनाइदिन्छ । शरीरमा यस्ता पदार्थले केहि समयको लागी फे्रस बनाएता पनि पछि गएर नकारात्मक प्रभाव देखाउँछ । तपाईले सजिलै तरिकाले पानीको मात्रा पुगे नपुगेको भनेर चेक गर्न सक्नुहुन्छ । यस्ता छन् चेक गर्ने तरिका ।

१) पिशाब गर्ने संख्या पिसाब कति पटक भयो भन्ने कुराबाट पानीको कमी छ वा छैन् भनेर थाहा पाउन सकिन्छ । स्वस्थ र पानीको मात्रा पुगेका व्यक्तिले दैनिक ६ वा ७ चोटी पिसाब गर्दछन् । २ वा ३ चोटी मात्र पिसाब लाग्छ भने तपाईलाई पानीको कमी भएको संकेत हो ।

२) सुख्खा छाला छालालाई नरम, चमकदार बनाउनको लागी पानीको सघाउँने कारणले गर्दा छालालाई हेरर पानी शरीरलाई चाहिने जति पुगेको छ वा छैन् भनेर थाहा पाउन सकिन्छ । छाला सुख्खा हुन नदिनको लागी सबैभन्दा बढि पानीकै भुमिका रहेको हुन्छ । दिनको समयमा घण्टाको १ गिलास पानी अनिवार्य रुपमा पिउनुपर्दछ । छालामा लोसन लगाउदा वा चिल्लो क्रिम लगाउँदा तपाईको छालाले सोस्छ भने पानीको मात्रा कम भएको संकेत हो । त्यसैले छालालाई चिल्लो र नरम बनाउनको लागी लोसनको वा क्रिमको प्रयोग नगरी पानी सेवन गर्नुहोस् ।

३) टाउको दुख्नु पानीको कमी भएमा टाउँको दुख्ने समस्या सिर्जना हुन्छ । टाउँको दुख्ने बित्तिकै समस्या थाहा पाएर पानीको मात्रा बढाउन सकिएन भने थकान, अल्छीपना जस्ता समस्यादेखा पर्दछन् ।

४) मुख सुख्खा हुनु खासगरी पानीको कमिले मुख सुख्खा हुन्छ । मुख सुख्खा हुने समस्या भएमा १ बोतल पानी सधैं साथमा राखेर बेलाबेलमा पिउने गर्नुपर्दछ । पानीको कमीले मुख सुख्खाभएपछि खानेकुरा मिठो नहुने, मुख च्यापच्याप हुने आदि समस्या सिर्जना गराउँछ ।

५) पिशाबको रङ्ग सबैजसो मानिसमा पानीको कमी भएपछि यस्तो संकेत देखिन्छ । शरीरमा आवश्यक मात्रामा पानी छ भने पिसाबको कलर पंहेलो हुदैन् । धेरैको बानी पिसाब पहेलो भएमा हतार हतार गरेर धेरै पानी पिउने हुन्छ, तर यसो गर्नाले समस्या उत्पन्न हुने कारणले गर्दा पानी पिउदा हतार नगरी बिस्तारै चिया पिएजसरी पिउनुपर्दछ ।

६) भोक पानीको कमी भएमा धेरै भोक लाग्ने समस्या हुन्छ । जाडोयाममा धेरैले कम पानी पिउने गर्दछन्, त्यसैले धेरैलाई भोक लाग्दछ । पानीको कमी भएमा भोक लागिरन्छ ।

७) रिंगटा लाग्नु पानीको कमीले देखापर्ने अर्को एक आम सकेंत रिगंटा लाग्नु हो । रिगंटाको कामले गर्दा काममा निकै बाधा सिर्जना भई तनावको हुन्छ । त्यसैले दैनिक रुपमा पानी आवश्यक मात्रामा पिउने गर्नुपर्दछ । मिडिया एनपी

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्