बालिकालाई यौन दुव्र्यवहार गर्ने ५० वर्षीय पाठक पक्राउ


 


इलाम, चैत २

१२ वर्षीय एक बालिकालाई यौन दुव्र्यवहार गर्ने सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक व्यक्तिलाई पक्राउ गरिएको छ । दुव्र्यवहार गर्ने व्यक्ति सोही गाउँका ५० वर्षीय भीमप्रसाद पाठक रहेका छन् । पाठकले बालिकाको घरमै गएर बालिकालाई धम्क्याउँदै दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

पाठकले बालिकालाई ‘मेरो घरमा हिन्’ भन्दै समाएको र बालिका कराएपछि घरपरिवारले पत्ता पाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका चुडामणि पौडेलका अनुसार घर बाहिर बसिरहेकी बालिकाको दुव्र्यवहारपछि बालिकी आमा आएपछि पाठक हिडेका थिए ।
यता पिडक पाठकलाई भने शुक्रबारै पक्राउ गरेर बालिका करणी अन्तर्गत दुव्र्यवहारमा मुद्दा दायर गरेर अनुशन्धान भइरहेको जनाइएको छ । यता पीडित बालिकाका परिवारले भने पाठकलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्