यी हुन् महिलालाई आकर्षित गर्न सोध्नुपर्ने ६ प्रश्न


 


भनिन्छ, कुनै पनि सम्बन्धमा प्रश्न चिन्ह हुनु हुँदैन । तर, सबै सम्बन्धमा यो भनाई लागु हुँदैन । कतिपय सम्बन्धहरु प्रश्नकै कारण थप मजबुद र कसिलो बन्छ । कोसँगको कस्तो सम्बन्धमा कस्तो र कसरी प्रश्न सोध्ने भन्ने मुख्य कुरा हो । यहाँ हामी विशेषतः आफ्नो पार्टनरसँगको सम्बन्धका कुरा गर्दैछौ । यदि तपाईको प्रश्न पार्टनरको इच्छा र आकंक्षासँग जोडिएको छ भने तपाईहरुको सम्बन्ध झन प्रगाढ बन्न जान्छ । कस्ता प्रश्नले तपाईको सम्बन्ध बलियो बनाउन मद्दत गर्छ त ?

म तिम्रो काममा कसरी मद्दत गर्न सक्छु ?

तपाईले आफ्नो सबै काम गरिसक्नुभएको छ । तपाईसँग खाली समय बाँकी छ भने आफ्नो पार्टनरलाई काममा सघाउनुहोस् । धेरै कम व्यक्तिले मात्र यस्तो कुरा सोच्न सक्छन् । तपाई फ्रि हुने वित्तिकै आफ्नो पार्टनरलाई सोध्न सक्नुहुनेछ, ‘म तिम्रो काममा कसरी मद्दत गर्न सक्छु ?’ आज उनको लागि कफी बनाईदिनुहोस् वा घरमा उनले गर्ने कुनै काम गरि दिनुहोस् । अथवा, उनी काम गरिरहेकै ठाउँमा गएर सघाई दिनुहोस् । सहयोगसँगै एक नजर दिएर फिस्स मुस्कान छरि दिनुहोस् । तपाईको एक मुस्कानले उनको मन ऊर्जाले भरिपूर्ण हुन्छ ।

म तिमीलाई कसरी प्रेम व्यक्त गरु ?

धेरैजसो जोडीहरुले प्रेम दर्शाउनको लागि ‘आइ लभ यू’ शब्दको सहायता लिन्छन् । प्रेम व्यक्त गर्नका लागि यो मात्रै अन्तिम विकल्प होईन । तपाई जसलाई प्रेम गर्नुहुन्छ उसको लागि प्रेम देखाई हाल्नुहोस् । हुन सक्छ, तपाईको पार्टनर पनि यहि चाहन्छिन् कि तपाई प्रेम व्यक्त गर्नको लागि तीन शब्दको प्रयोग गर्नुको सट्टा प्रेमले भरिएको स्पर्श गर्न सक्नु हुनेछ । अथवा प्रेमिल नजर लगाउन सक्नु हुन्छ । ता कि तपाईको स्पर्श र नजरबाट उनले तपाईको प्रेम बुझोस् । बिहानको सुरुवात ‘मर्निङ किस’ बाट गर्नुहोस् । कोल्टे फेरेर (उल्टो फर्केर) सुत्ने बानी छ भने आजैदेखि त्यागी दिनुहोस् ।

त्यस्तै पार्टनरको कुरा ध्यान दिएर सुन्ने बानी बसाल्नुहोस् । नयाँ घटनाक्रमबारे अपडेट गराउनुहोस् । घुमफिर र खानपिनको रिक्वेस्ट गर्नुहोस् । सञ्चो विसञ्चो सोध्न र विसञ्चो हुँदा हेरचाह गर्न नभुल्नुहोस् । ता कि तपाईले नभनिकनै कति माया गर्नुहुन्छ भनेर तपाईको पार्टनरले महसुस गर्न सकोस् ।

तिमी ममा कस्तो परिर्वतनको अपेक्षा राख्छौ ?

कहिलेकाँही तपाईले जानेर वा नजानेर गरेको कार्यहरुले तपाईको पार्टनरले असहज महसुस गर्छिन् । यस्तोमा तपाईले उसलाई केही कुरा पनि भन्न संकोच मान्नु हुँदैन् । यस्तो स्थितीमा पार्टनरले तपाईको कुन बानी बदल्न चाहन्छ, यो प्रश्नले तपाईलाई सजिलो बनाउन मद्दत गर्छ । जुन कुराले तपाईको पार्टनरलाई नराम्रो वा असहज महसुस गराउँछ त्यस्ता कुराबाट टाढै बस्नुहोस् । जसले तपाईहरुबीचको सम्बन्धमा दरार आउँदैन । सम्बन्ध झनै कसिलो बन्छ ।

कहाँ जान चाहन्छौ ?

हुन सक्छ, तपाईले आफ्नो पार्टनरलाई घुमाउनको लागि बिदेशको कुनै महंगो शहर लान सक्नुहुन्न । यसले तपाईको प्रेम सम्बन्धमा असर पार्छ भन्ने सोच्नु तपाईको भ्रम हुन सक्छ । आसपासमा भएको कुनै सपिङ मल, गार्डेन, मन्दिर, पार्क वा कुनै तपाईको पार्टनरलाई मनपर्ने ठाउँमा घुमाउनको लागि लान सक्नुहुनेछ । यसरी घुम्न जाँदा उनको केयर गर्न र उनको मनको चाहनालाई ख्याल गर्न जरुरी छ । यदि तपाई उनको पार्टनरको मनपर्ने मन नपर्ने कुराको ख्याल राख्नुहुन्छ भने तपाईहरु बीचको सम्बन्ध थप मजबुत हुन्छ ।

मसँग कस्तो महसुस गर्छौ ?

यो प्रश्नले तपाईको पार्टनरसँग सम्बन्ध कस्तो छ भनेर बुझाउँछ । आपसमा यस्तो प्रकारको कुराकानीले तपाईहरु झन नजिक आउनुको साथै तपाईहरुबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन सघाउ पु¥याउँछ ।

हाम्रो प्रेमलाई गहिरो बनाउन के गर्ने ?

यो प्रश्न तपाईको प्रेम सम्बन्ध गहिरो बनाउको लागि महत्वपूर्ण हुन्छ । एक अर्काबिच भएको असमझदारी हटाउन चाहनुहुन्छ भने यो प्रश्न तपाईको लागि उपयुक्त हुन सक्छ । यदि तपाईहरुबीचको सम्बन्ध अझ बलियो बनाउन चाहनुहुन्छ वा तपाईको पार्टनरलाई विशेष महसुस गराउन चाहनुहुन्छ भने यो प्रश्न अवष्य सोध्नुहोस् ।

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्