‘पुरानो बुलेट’ले रुवायो दर्शकलाई


 


शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’लाई दर्शकले अत्यधिक मन पराएका छन् । ‘ठेट’ नेपाली संवाद र पुर्वेली लवजलाई समावेश गरी क्रेजी इन्टरटेनमेन्टले प्रथम पटक निर्माण गरेको यस चलचित्रलाई बालक, युवा युवती, वृद्ध सबैले रुचाएको पाइएको छ ।

झापा विर्तामोडको क्युएफएक्स हलमा चलचित्र हेरेर निस्किाएका तेज लिम्बुको आँखा रसाएको थियो । उनले भने–‘धेरै वर्षपछि यस किसिमको चलचित्र हेर्न पाएं । मेरो जीवनसँग ठ्याक्कै मेल खाएकोले मैले फिल्म हेर्दा चार पटक आँसु झारें अनि बीच बीचमा दिल खोलेर हांसे पनि ।’

यसरी नै झापाको बुधबारे, इटाभट्टा र दमकमा पनि दर्शकहरुले अत्यधिक चलचित्रलाई मन पराएका छन् । यस्तै इटहरीको इलाइड सिनेमा हलमा फिल्म हेरेर पार्किङका भेटिएका निरज बस्नेतले भने–‘मलाई पुरानो बुलेट चलचित्रको सबैभन्दा राम्रो पक्ष पैसा कमाउन र समाजमा आफ्नो छबी बनाउन विदेशै जानु पर्दैन भन्ने मूल सन्देश मन प¥यो ।’ यस चलचित्रमा पैसा कमाउन विदश नगई नेपालमै पनि दिनरात मेहनत गरे आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने मूल सन्देश दिइएको छ । चलचित्र ‘पुरानो बुलेट’को वरीपरी घुमेको छ र त आम युवाहरुको जीवनसँग मेल खाएको छ ।

यस्तैगरी चलचित्र इटहरीको आर.एस. सिनेप्लेक्स, धरानको गोर्खा सिनेमा, बेलबारीको सारदा चलचित्र मन्दिर, पुनम चलचित्र मन्दिर बुधबारेमा एकसाथ प्रदर्शन भइरहेको छ ।  मोरङको पथरीमा अवस्थित कञ्चन चलचित्र मन्दिरमा भने चलचित्र डे र नाइट शो नै भइरहेको सञ्चालक मदन गुरागाईले जानकारी दिए । पथरीशनिश्चरे–७ का मुकेश राईको पनि मन छाएको प्रतिक्रिया दिए । उनले भने–‘बाबु आमासँग बस्दाको रमाइलो पल अनि अन्तै कतै गएर एक्लो जीवन बिताउँदाको पीडाले मलाई टच गर्यो । मलाई लाग्छ यो चलचित्रले आम नेपाली युवाको कथा बोकेको छ ।’

विशेषगरी चलचित्रका मुख्य नायक अनुप विक्रम शाहीको तारिफ सबैले गरेका छन् । यस्तैगरी वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, बारत लिम्बुको अभिनयलाई पनि दर्शकहरुले एकदमै मन पराएको पाइएको छ ।  यस चलचित्रलाई क्युएफएक्सले काठमाडौंको मल्टिप्लेक्स हलमा थोरै हल र अपायक समय दिइएको बुझिएको छ । किनकि शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्काे चलचित्र द म्यान फर्म काठमाडौं क्युएफएक्स हल सञ्चालक नकिम उदिमको फिल्म हो । उच्च शो दिइएको चलचित्र द म्यान फर्म काठमाडौंले सोचे जस्तो दर्शक पाउन सकेको छैन ।

चलचित्र पुरानो बुलेटले काठमाडौंमा पनि अत्यधिक माया पाएको छ । कुमारी हल र बीएसआर गोंगबुमा दुई शो मल्टिप्लेक्स हल, गोपीकृष्ण, अस्टनारायण, गुण सिनेमा, बाराही सिनेमा, कलंकी, गंगा, पृथ्वी, पुष्पाञ्जली, शुभकामना लगायतका हलहरुमा पुरानो बुलेटले हाउसफुल शो पाइरहेको छ ।

यस्तै पुरानो बुलेट चलचित्र क्युएफएक्स जालमा चितवन, द्वारीका उदय बुटवल, ब्रो सिस चन्द्रनिगापुर, मनकामना दमौली, ग्यालेक्सी गोलबजार, क्यएफएक्स सिनेमा पोखरा, मिडटाउन पोखरा, बाराही ख पोखरा, श्री गणेश घोराही, श्री बागेश्वरी सिनेमा सल्यान, क्यएफएक्स नेपालगन्ज लगायतको हलमा पनि भव्य रुपमा प्रदर्शन भइरहेको छ । यस चलचित्रलाई भीषण राईले निर्देशन गरेका हुन् भने अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु र सन्तोष राईले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्