३ दिनसम्म मेघ गर्जनसहित वर्षाको सम्भावना


 


काठमाडौं, ४ चैत 

मौसम पूर्वानुमान महाशाखाले आजदेख बुधबारसम्म ३ दिन मेघ गर्जनका साथै देशका विभिन्न भूभागमा पानी पर्ने जनाएको छ ।

आज, भोली र पर्सी बुधबारसम्म देशका पूर्वी भूभाग र पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ । आज देशको पूर्वी भागमा हल्का वर्षा हुने, भोलि पश्चिमी क्षेत्रमा हलका वर्षा हुने मौसमविद् मञ्जु बासीले बताइन् । तर आज काठमाडौंमा भने पानी पर्ने सम्भावना कम छ ।

आज राती पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । यस्तै भोलि मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । राति भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्