दश वर्षे द्वन्द्धका दोषीलाई कारबाही गर्न राष्ट्रसंघमा ज्ञापनपत्र


 


काठमाण्डौँ, चैत ५

विस २०५२ सालदेखि २०६३ सालसम्म चलेको दश वर्षे द्वन्द्धका दोषीलाई कारबाहीको माग गर्दे संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा आज ज्ञापनपत्र बुझाइएको छ ।

प्रा डा गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रतिम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सिनाद्धारा हस्ताक्षित ज्ञापनपत्रसंयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा बुझाईएको हो । ज्ञापनपत्रमा सशस्त्र द्वयन्दवको दश वर्षेमा भएका गम्भीर अपराधका घटना मानवताविरुद्धको अपराध भएकोले उक्त अपराधका दोषीलाई फौजदारी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्