काभ्रे अपडेट – विप्लवको नेकपाका सदस्य र प्रहरीबीच गोली हानाहान !


 


काठमाडौं, ५ चैत । काभ्रेमा दोहोरो गोली हानाहान भएको समाचार आएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सदस्यबीच गोली हानाहान भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले गोली हानाहान भएको घटनाको पुष्टि गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्नका लागि पछ्याउँदै गएको प्रहरी टोली र प्रहरीबीच गोली हानाहान भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

गत फागुन २८ गते सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपनि देश फेरि द्वन्द्वमा जाने आशंका बढेको छ । प्रतिबन्धपछि प्रहरीले सो पार्टीका दर्जन बढी कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्