राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा भण्डारी


 


काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी बुधबारदेखि शरतसिंह भण्डारीले सम्हाल्नुभएको छ ।महाधिवेशन अघि चक्रीय प्रणालीबाट नेतृत्व गर्ने सहमति अनुसार बुधबारदेखि संयोजकको जिम्मेवारी भण्डारीले सम्हाल्नुभएको राजपाले जनाएको छ ।

चक्रीय प्रणाली अनुसार २–२ महिनाको कार्यकाल हुने भए पनि राजपाले आउँदो वैशाख ७ गतेदेखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकाले भण्डारीको नेतृत्वमा महाधिवेशन हुनेछ ।

तोकिएको समयमा महाधिवेशन भए अनिल झा र राजकिशोर यादवले पार्टीको नेतृत्व गर्ने अवसर पाउनुहुने छैन । २०७४ साल वैशाख ७ गते विभिन्न दल मिलेर बनेको राजपाको नेतृत्व यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवले गरिसक्नुभएको छ ।

गएको वैशाखमै एकता महाधिवेशन गर्ने भनिए पनि राजपाले आउँदो वैशाख पहिलो हप्ता मात्र महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्