आइपिएल खेल्न सन्दीप भारत प्रस्थान


 


काठमाडौँ : भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दिप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन् । सन्दिपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १० गते मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

गत सिजनको आइपिएपलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दिप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका थिए । सन्दिपले गतवर्ष दिल्लीबाट अन्तिम तीन खेलमा पाँच विकेट लिँर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा सन्दिपको पारिश्रमिक २० लाख भारतीय रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्