साफ महिला फुटवलको उपाधिका लागि नेपाल र भारत भिड्ने


 


विराटनगर, चैत ६

विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग प्रतिष्पर्धा गर्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।

त्यसअघि आजै नेपालले श्रीलंकालाई ४–० ले पाखा लगाएको थियो । साफ महिना फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो । नेपालले भने चौथो पटक फाइनल खेल्न लागेको हो । फाइनल खेल शुक्रबार हुनेछ । शहीद रंगशालामा पहिलो हाफमै तीन गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

१८ औ मिनेटमा डालिमा छिबरले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं मिनेटमा इन्दुमती काथिरिसानले अर्को गोल थपिन् । ३७ औं मिनेटमा भारतकी इन्दुमतीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाएकी थिइन् । खेलको अतिरिक्त समयमा भारतकी मनिषाले गोल गर्दै ४–० गोलको जित दिलाइन् ।

यसअघि श्रीलकाबिरुद्ध नेपालले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । नेपालका लागि पुनम जर्घामगरले पहिलो गोल गरेकी हुन । खेलको दोस्रो हाफमा नेपालले तीन गोल गरेको थियो । नेपालका लागि ७३ औँ मिनेटमा अनिता बस्नेत, ८२ औँ मिनेटमा सावित्रा भण्डारी र ८६ औँ मिनेटमा रेखा पौडेलले गोल गरेकी हुन् ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्