इटहरी उपमहानगरले घटायो कर, के के मा भयो त निशुल्क ?


 


सुनसरी, चैत ७

इटहरी उपमहानगरले ब्यवसायकर र भूमिकर घटाएको छ । नगरसभामा आर्थिक ऐन २०७५को संसोधन विधेयक पारित गर्दै ब्यवसाय र भूमिकर घटाइएको हो । राजश्व परामर्श समिति संयोजक उपयेमयर लक्ष्मी गौतमका अनुसार नयाँ ब्यवसाक दर्ता निशुल्क गरिएको छ । महिला उद्यमीका लागि ब्यवसाय करमा छुट गरिएको छ ।

उत्पादनमुलक ब्यक्तिगत उद्यमगर्ने महिलाका लागि ४० प्रतिशत र सामुहिक उद्यम गर्ने महिलाहरुका लागि ६० प्रतिशत छुट गरिएको छ । यसैगरि आगलागि जोखिमपूर्ण घटना दैवि प्रकोपको सिफारिस निशुल्क गरिएको छ ।जन्म,मृत्यू,वसाइसराई दर्ता शुल्क ३५ दिन सम्म निशुल्क गरिएको छ ।राजनीतिकदल,नागरिकसमाज र ब्यवसायीहरुको आग्रहमा करको दरमा फेरवदल गरिएको मेयर द्धारिकलाल चौधरीले वताउनुभयो ।

इटहरी उपमहानगर राजश्व परामर्श समितिका विज्ञ शान्तिराम खनालका अनुसार ब्यवसाय र भूमिकरलाई यसअधिको भन्दा ब्यवस्थित र वैज्ञानिक वनाउदै कर समेत घटाइएको छ । उहाँका अनुसार ब्यसायमा लगानी र नाफाको प्रकृति हेरेर उपयोग,वजार र मूल्य निर्धारणका आधारमा करको दर परिवर्तन गरिएको हो । प्रत्येक कारोवारलाई अलग अलग वर्गिकरण गरिएको छ । लगानीका आधारमा स्वरोजगार,साना ब्यवसाय,साना मझयौला,ठूला मझयौला र ठूला उद्योग भनेर वर्गिकरण गरिएको छ ।

स्वरोजगार,साना ब्यवसाय,साना मझयौला ब्यवसायमा पूँजी लगानी वा वार्षिक कारोवार मध्ये जुन कम हुन्छ त्यसको आधारमा कर तिर्ने ब्यवस्था मिलाइएको छ । ठूला मझयौला र ठूला उद्योगले भने पूजी लगानी वा वार्षिक कारोवार मध्ये जुन वढि हुन्छ त्यसको प्रमाण पेश गरेर कर तिर्नुपर्ने छ । यसैगरि भूमिको उत्पादकत्व र ब्यापारिक महत्वको आधारमा प्रतिधुरका हिसावले कर तिर्नुपर्ने ब्यवस्था गरिएको छ । यसअघिको भन्दा केहि शिर्षकहरुमा भूमिकर कम गरिएको छ ।

जग्गा विक्रिगर्दा यसअधि सवै जग्गा जति छ त्यसको आधारमा दस्तुर तिर्नुपर्ने ब्यवस्था भएकोमा परिमार्जन गरि जति जग्गा विक्रि गरिने हो त्यतिको मात्र शुल्क तिर्ने ब्यवस्था मिलाइएको छ । इटहरी उपमहानगरमा अन्य स्थानीय तहको भन्दा घर वहाल कर कम नै रहेकाले घर वहाल कर भने यथावत राखिएको छ । घर वहाल कर १२ प्रतिशत हुनुपर्नेमा ८ प्रतिशत मात्रै लिइदै आएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्