साफ महिला फुटबल च्याम्पियनसिप : नेपाली टोलीले उपाधि जिते जनही दुई लाख प्रदेश सरकारले दिने


 


विराटनगर, चैत्र ८
खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले विराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगितामा नेपाली टोलीले उपाधि हासिल गरे जनही २ लाख नगद दिने निर्णय गरेको छ ।

महिला फुटबल खेलाडीहरुको सम्मान तथा हौसला बढाउने उदेश्यले आज भारतसँग अन्तिम प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीले उपाधि हासिल गर्न नसके जनही १ लाख नगद प्राप्त गर्नेछ । यो प्रतियोगिता नेपालमा पहिलो पटक भइरहेको छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश नं १ को गौरव बढ्नुका साथै देशकै गौरव बढेको प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । प्रदेश सरकारले खेलाडीहरुको सम्मान तथा हौसला बढाउन यस्तो निर्णय गरेको प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनुभयो । आज फाइनल खेल दिउँसो ३ बजे हुँदैछ ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्