सात हजार मिटर अग्लो हिमाल चढ्ने नेपाली कुकुर


 


काठमाडौं । पहिलो पटक एक कुकुर सात हजार मिटर अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको छ । नेपालको सात हजार मिटर उचाइको वरूणत्से हिमाल चुचुरोमा पुगेर विश्व कीर्तिमानी कायम गरेको छ । ‘मेरा’ नाम गरेको कुकुर आरोहीलाई पछ्याँदैं उक्त हिमालको चुचुरोमा पुग्न सफल भएको हो ।

हिउँ र अप्ठ्यारा बाटामा लड्दै-पड्दै एउटा कुकुरले थाहै नपाई सात हजार मिटर उचाइमा पुग्ने कुकुरको रेकर्ड राखेको हो। वरुणत्से नजिकैबाट आरोहीहरूको पछि लागेको ‘मेरा’ बिनासुरक्षा सामग्री चुचुरोसम्म पुगेको हो ।

वरूणत्से आरोहण गर्न आएका विदेशी पर्यटक डन वार्गोस्गीले उक्त कुकुरबारे ब्लग लेखेका छन् । उनले ब्लग लेखेपछि मात्रै यो खबर सार्वजनिक भएको हो।

अमेरिकाको सियाटलका डनले आफ्नो ब्लगमा मेरालाई बाटामा आवश्यक ठाउँमा जीप लाइन लगाउनुबाहेक अरू कुनै सहयोग गर्नुनपरेको उल्लेख गरेका छन् । ऊ आफ्नै बलबुतामा चुचुरोसम्म पुग्न सफल भएको डनको भनाई छ ।

यसअघि सात दशकअघि लाईका नाम गरेको कुकुुर ब्रम्हाण्डमा पुगेर पृथ्वीको चक्कर लगाएको थियो । लाइका ब्रम्हाण्डमा पुगेर पृथ्वीको चक्कर लगाउने पहिलो जनावर बनेको थियो । त्यसपछि मेरा नामको कुकुर बिना सुरक्षा सतर्कता सात हजार मिटर अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको हो ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्