वैदेशिक रोजगार संघको कार्यदलसँग गृहमन्त्रीले भने गैरकानुनी गतिविधि गर्नेलाई छाडिन्न


 


काठमाडौं चैत ८
गृहमन्त्री रामबहादुर थापाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोटको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । शुक्रबार वैदेशिक रोजगार संघको कार्यदलसँगको भेटमा गृहमन्त्री थापाले सरकारले राजनीतिक रुपमा गलत गतिविधि गर्नेलाई राजनीतिक रुपमै समाधान गर्ने र गैरकानुनी गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याएरै छोडेने प्रतिबद्धता व्यक्त गरे ।

उनले विष्फोटका कारण संघका अध्यक्ष गुरुङको घरमा भएको क्षतिको क्षतिपूर्तिबारे सरकार सकारातमक भएको बताए । गृहमन्त्री थापाले यस विषयमा प्रधानमन्त्रीसँग समेत छलफल गरेर निष्कर्ष निकाल्ने जानकारी दिए । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन नेपाल विद्यार्थी संगठनले संघका अध्यक्ष गुरुङको घरमा विष्फोट गराएको थियो ।

उक्त भेटमा श्रममन्त्री गोकर्णराज विष्टले व्यवसायी माथि भएको उक्त आक्रमण सरकारलाई चुनौती दिने र व्यवसायीलाई तर्साउने गरी भएको बुझिएको बताए । त्यस्तै उनले पीडितलाई क्षतिपुर्ति दिनुपर्नेमा आफू पनि सहमत भएको बताएका छन् ।

व्यवसायीहरुको प्रतिनिधिमण्डलले गृहमन्त्री थापालाई ज्ञापनपत्र समेत बुझाएका थिए । कार्यदलका संयोजक दिलप्रसाद पोखरेलले संघका अध्यक्ष गुरुङको घरमा भएको विष्फोटको विषयमा गृहमन्त्री समक्ष व्रिफिङ गरेका थिए भने संघका महासचिव नरेश गेलालले ज्ञापनपत्र पढेर सुनाएका थिए । गृहमन्त्री थापालाई भेट्न संघका अध्यक्ष गुरुङ, कार्यदलका संयोजक पोखरेल, संघका पूर्व अध्यक्ष विमल ढकाल, प्रेमबहादुर कटुवा, हरिबहादुर पाण्डे क्षेत्री, संघका प्रथम उपाध्यक्ष रामप्रसाद भानतना, महासचिव नरेश गेलाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चाका संस्थापक अध्यक्ष सरोज पोखरेल, वर्तमान अध्यक्ष चित्र गुप्त सावा लिम्बु पुगेका थिए ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्