बिप्लवलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्री ओलीको आग्रह


 


काठमाडौं चैत ८
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेत्रबिक्रम चन्द बिप्लव समुह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । आज बुटवल मेडिकल कलेज र बुटवल नारायणगढ चार लेन सडक उद्घाटन गर्ने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले सो समुहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय रहेको बताए । प्रधानमन्त्री ओलीले सिके राउत समुह विखण्डनको राजनीति छाडेर मुलधारको राजनीतिमा आएकैले उक्त समुहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए ।

पत्रकारले सोधेको प्रश्नका जवाफमा उनले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पुरा गर्न जिम्मा दिइने जानकारी दिए ।

उनले भने, “लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिने छ । प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने बताए ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्