भीषण आगलागी, ११ घरसहित ५ गोठ जले


 


कपिलवस्तु चैत ८
कपिलवस्तुको शिवराज नगरपालिकामा एक हप्ताको अवधिमा एक दर्जन बढी घर जलेर खरानीमा परिणत भएका छन । शुक्रबार दिउँसो वडा नं. ६ पैकिबण्डामा भीषण आगलागी भएको छ । आगलागीले ११ घर र ५ गोठ जलेर नष्ट भएका छन् । अपरान्ह २ बजेवाट सुरु भएको आगो करिव २ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीमा परि स्थानीय सनाउल्ला मियाँ घाइते भएका छन ।

बुधइ कुर्मिको घरबाट सल्किएको आगोले बहाव मुसलमान, इलाकत मुसलमान, हदिस मियाँ, राहत मियाँ, अब्दुलगनी मुसलमान भगौतीपाल, अब्दुल कलाम, सनलाउल्ला मुसलमान, बर्मा कुर्मी,किसलावती कुर्मिको घर जलेर नष्ट भएको छ ।

सो आगलागीमा किताबउल्ला मुसलमान, बर्साती चमार, कोदइ कुर्मी, मन्जुर नाउँ र समिम नाउँको गोठ जलेर नष्ट भएको छ । आगलागीमा घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । आगलागीमा १ गाईको जलेर मृत्यु भएको छ भने २ वटा गोरु आगोमा परि घाइते भएका छन ।

आगो निभाउने क्रममा घाइते भएका सननउल्लाको बहादुरगंज अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, तौलिहवा र कृष्णनगर नगरपालिकाका दुई दमकल र स्थानियको सहयोगले नियन्त्रणमा लिइएको हो ।

चर्को गर्मी र हावाहुरीका कारण बुधइको घरबाट सल्केको आगोले छिनभरमा नै गाउँ खरानी बनाएको हो । गत चैत्र १ गते शिवराज नगरपालिका १ बनकसका ४ घरहरु जलेर नष्ट भएका थिए । शुक्रवार भएको आगलागी स्थलमा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह,प्रदेश सभा सदस्य अर्जुन कुमार केसी पुगेका छन ।

बाक्लो बस्ती, फुस र खरका घरहरुमा गर्मीमा आगलागी हुने गरेको शाहले बताए । आगलागी पीडितहरुको राहतका लागी आफुले पहल गर्ने र पीडितलाई नआतिन सांसद शाहले आश्वासन दिए । घटना स्थलको अवलोकन गदै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले आगलागीका घटना दुखत पूर्ण भएको बताए । रातो पाटी

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्