डिग्री पास कोरियाको आस, कति हुन्छ कमाई ?


 


काठमाडौं चैत ८
शुक्रबार बिहान कैलालीका रामबहादुर चौधरीलाई मध्यबानेश्वरमा रहेको ग्लोबल आईएमई बैङ्कमा कोरिया जाने आवेदन फारम भर्न हतारो थियो । शिक्षा सङ्कायमा स्नातक पास गरेका उनलाई कोरियाले राम्रैसँग लोभ्याएको उनको हउभाउबाटै प्रष्ट हुन्थ्यो । रातोपाटीसँग कुरा गर्दै चौधरीले भने ‘गत साल मेरा केही साथी कोरिया गए । उनीहरूको राम्रो कमाइ देखेर मलाई पनि कोरिया जाने रहर पलायो । त्यही भएर आज सबेरै फर्म भर्न बैङ्क आएको हुँ ।’ अहिले बैङ्कले टोकन सिस्टम लागू गरेकाले उभिएर लाइन बसिरहनुपर्दैन । आफ्नो पालो आएपछि आवेदन फारम बुझाए पुग्छ ।

उनलाई अनलाइनबाट फर्म बुझाउन मिल्छ भन्ने कुरा बैङ्कमा पुगेपछि मात्रै थाहा भयो । उनी मात्र होइन रोजीरोटी टार्न कुनै समस्या नभएका परिवारका छोराछोरी पनि कोरिया मोहबाट अछुतो छैनन् । कोरियाका लागि आवेदन दिन जानेहरु अधिकांश बाध्यताले भन्दा पनि अरुको देखासिकी र धेरै पैसा कमाउने लोभमा परेको देखिन्छ ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्