“सिधै सेना परिचालन गर्ने कुरा काँग्रेसले मान्दैन”


 


चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने कुरा उल्लेख गरेर ल्याइन लागेको विधेयक नेपाली कांग्रेसले कुनै पनि हालतमा नस्वीकार्ने बताएका छन् ।

शनिवार नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितिले चितवनको टाँडीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भने, प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधयक जुन दिन पास हुन्छ त्यही दिनदेखि लोकतन्त्र समाप्तिको बाटोतर्फ लाग्छ । लोकतन्त्र विरोधी र निरंकुशताको पक्षपोषण गर्ने यो विधेयक कदापी स्वीकार्न सकिन्नँ ।

कोइरालाले ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ले नेपाली सेनाको मनोबल घटाएको बताए ।

उनले प्रधानमन्त्री शक्तिकँ भोको भएकाले राज्यका महत्त्वपूर्ण सबै निकाय आफ्नो मातहतमा राखेको बताए । डा। कोइरालाले यतिबेला मुलुकको कूटनीतिक सम्बन्ध अत्यन्तै कमजोर बनेको उल्लेख गरे ।

एक फरक प्रसंगमा उनले कांग्रेस महासमिति बैठकको राजनीतिक प्रस्तावमा संसद पुनस्स्थापनाको कुरा उल्लेख नगरेर नेतृत्वले पार्टीको इतिहास मेटाउन लागेको आरोपसमेत लगाए ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्