विप्लवसँग वार्ता गर्न तयार छौं : नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ


 


काठमाडौं चैत ९
सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् ।

तर, विप्लव समूह वार्तामा आउन नचाहेको उनले बताए । ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाहरुले गरेको क्रियाकलाप गलत छ’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’

शनिबार गृहजिल्ला आएका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने बताए

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्