साफ उपविजेता नेपाली टोलीलाई एन्फाले जनही १ लाख दिने


 


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँचौ महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जनही १ लाख रुपैयाँले सम्मान गर्ने भएको छ ।

विराटनगरमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । शनिबार विराटनगरमै भएको एन्फाको वार्षिक साधारण सभाले महिला टोलीलाई १ लाख रुपैयाँले सम्मान गर्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश १ सरकारले जनही १ लाख र विराटनगर महानगरपालिकाले जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेकोमा एन्फाले दुवै पक्षलाई धन्यवाद पनि दिएको छ । एन्फाले प्रतियोगिता भव्यरुपमा सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्