साउदीमा खुल्ला नेपाली गजल बाचन कार्यक्रम हुने


 


साउदी । नेपाली नयाँ वर्ष २०७६ सालको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरले खुल्ला नेपाली गजल बाचन कार्यक्रम गर्ने भएको छ।

च्याप्टरका सदस्य हेम सुवेदीका अनुसार नेपाली भाषा साहित्यको विकास, प्रवर्धन, जर्गेना साथै प्रवासमा रही सिर्जनामा लाग्नु भएका सर्जकहरूको पहिचान र प्रतिभाहरूको सम्मान गर्ने उद्देश्यले यहि आउदो चैत्र २९ गते अर्थात् १२ अप्रिल २०१९ शुक्रबारको दिन साउदी अरबको रियादमा सो कार्यक्रम गर्ने भएको छ।

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्