पादेको भन्दै अदालतमा मुद्दा, २० करोड क्षतिपूर्ति माग


 


एजेन्सी । हालै अष्ट्रेलियामा एक अपत्यारिलो मुद्दा दर्ता भएपछि निकै हास्याँस्पद चर्चा पाएको छ । अष्ट्रेलियाको मेलबर्नका डेभिड नामक एक व्यक्तीले आफ्नो कार्यालयमा आएर पाद्ने गरेको आरोप लगाउँदै आफ्ना सहकर्मीविरुद्ध मुद्दा दर्ता गरि करिब २० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।

निर्माण इन्जिनियरको काम गर्ने डेभिड नामक ती व्यक्तीले आफ्ना सहकर्मीले प्रत्येक दिन आफ्नो कार्यालयमा आएर पाद्ने गरेको अरोप लगाउदै मुद्दा दर्ता गरेका हुन् । तर भिक्टोरिया उच्च अदालतले भने यसबारे अहिले कुनै कुरा बाहिर निकालेको छैन । ती व्यक्तीले आफ्नो सहकर्मी दिनमा ५(६ पटक कार्यालयमा आएर पाद्ने हुँदा काम गर्न नै अफ्ठ्यारो परेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भनाइ राखेका छन् ।

सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ ।

डेभिड नामका ती ५६ वर्षीय इन्जिनियरले पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर अर्थात २० करोड बराबर क्षतिपूर्तिको माग गरेका छन् । यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्ने जनाइएको छ । बीबीसीबाट

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्