नेपालको आफ्नै स्याटेलाइट बैशाखमा प्रक्षेपण हुने


 


काठमाण्डौ । भू–उपग्रहको ६२ बर्षे इतिहासमा अब नेपालको पनि नाम थपिने भएको छ । आगामी बैशाखमा प्रक्षेपण गर्न लागिएको नानो अर्थात सानो आकारको भू–उपग्रहले अन्तरिक्षमार्फत हुने भू–सतहको सूचनाका लागि मात्रै करोडौं रकम खर्चिएर विदेशीसँग भर पर्नुपर्ने नेपालको बाध्यता समेत हट्ने अपेक्षा गरिएको छ ।

त्यसोत, ६ दशकको भू–उपग्रहको इतिहासमा अब नेपालको समेत नाम थपिने भएको छ । कार्यतालिका अनुसार काम भए अन्तरिक्ष मार्फत बर्र्षैदेखि हुँदै आएको भू–सतहको निगरानी तथा सूचनाका लागि नेपालको परनिर्भरता आउँदो बैशाख ४ गते तोडिने भएको छ ।

आउदो बैशाख ४ गते नेपालले आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले जनाएको छ । पूर्वाधारको तयारीमा मात्रै २ करोड खर्चिएर तयार पारिएको नेपालकै पहिलो यो भू–उपग्रह ५ सय किलोमिटरको उचाइमा रहनेछ ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्